कोरोना खोप आयात गर्न सरकारको अनुमति कुर्दै निजी क्षेत्र काठमाडौं। सरकारले अनुमति दिए कोभिड–१९ विरुद्धको खोप आयात गर्न आफूहरु तयार रहेको नेपाल उद्योग परिसंघले बताएको छ। परिसंघले देशमा देखिएको खोप अभावलाई पुरा गर्न आफूहरुलाई खोप आयात अभियानमा सामेल गर्न बताएको हो। भनेको छ, ‘संक्रमितको संख्या दिनदिनै बढिहेको समयमा चाँडो खोप आयात गरेर अभियान चलाउनुपर्छ।’ सरकारले अनुमति दिएमा फास्टट्र्याक गतिमा खोप ल्याउन निजी क्षेत्र तयारी अवस्थामा रहेको बताइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्