एउटै बेडमा तीन जनासम्म बिरामीको उपचार
वीरगञ्ज। कोरोना संक्रमितको संख्या बढेपछि वीरगञ्जमा संक्रमितको उपचारका लागि अस्पतालमा बेड र अक्सिजनको अभाव देखिन थालेको छ। नारायणी अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपरेको चिकित्सक डा.नीरज सिंहले बताएका छन्। संक्रमितलाई छुट्याइएको आइसोलेसन वार्ड भरिएपछि आकस्मिक कक्षमा अरु रोगका बिरामीसँगै राखेर उपचार गरिएको छ । त्यसमा पनि बेड अभावमा तीनजनासम्म राख्नुपरेको डा.सिंहले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्