गिलिएडले भारतलाई साढे ४ लाख थान रेमडेसिभिर औषधि दिने एजेन्सी। भारतमा कोरोना संक्रमणको बढ्दो गतिसँगै अमेरिकी कम्पनी गिलिएड साइन्सेजले ४ लाख ५० हजार थान रेमडेसिभिर दिने घोषणा गरेको छ। भारतलाई औषधि उत्पादन बढाउन आवश्यक एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडिएन्ट (कच्चा पदार्थ) पनि दिने भएको छ। गिलिएडले रेमडेसिभिरको उत्पादन भारतका सातवटै अनुमतिप्राप्त कम्पनीले बढाएको र थप बढाउन सहयोग गर्ने बताएको छ। संक्रमितको संख्या तीव्र रुपमा बढेसँगै औषधिको माग बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्