बेलायतले भारतलाई दियो १०० भेन्टिलेटर, ९५ अक्सिजन कन्सेन्ट्रेटर एजेन्सी। भारतमा कोरोना संक्रमणबाट उत्पन्न संकटबीच बेलायतबाट १ सय भेन्टिलेटर र ९५ अक्सिजन कन्सेन्ट्रेटर भारत आइपुगेको छ। अक्सिजन र भेन्टिलेटरको संकटबीच बेलायतले भारतलाई सहयोग गरेको हो। लगातार संक्रमितको संख्या बढ्दै जाँदा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ। यद्यपि कडा लकडाउनका कारण संक्रमितको संख्यामा केही कमी देखिन थालेको छ। मुम्बईमा केही दिनदेखि संक्रमितको संख्या दैनिक चार हजारसम्म घट्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्