पूर्वीनाकामै छैन होल्डिङ सेन्टर
झापा। पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एकहजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ। स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको उनले बताए।रासस
प्रतिक्रिया दिनुहोस्