पर्सामा बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा पर्सा। पर्सामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ। वैशाख १६ गते बिहान ४ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो। कोरोनाका कारण पर्सामा १७ जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्