पोखरामा एकैठाउँमा १५ जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौं। पर्यटकीय नगरी पोखरामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विशेष सतर्कता अपनाइएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले कोरोना संक्रमण बढेसँगै महानगरपालिकाले स्कूल कलेजहरु बन्द गरी सार्वजनिकस्थलमा १५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरेको जनाए। कोरोनाको दोस्रो लहर बढेसँगै पोखरामा ६६ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमण बढ्न नदिन मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।
प्रतिक्रिया दिनुहोस्