ललितपरको महांकाल गाउँपालिकामा छैनन् संक्रमित
काठमाडौं। ललितपुर जिल्लाको महांकाल गाउँपालिकामा हालसम्म एक जना पनि कोरोना भाइरसका संक्रमित भेटिएका छैनन्। गाउँपालिकाले अपनाएको सुरक्षा सतर्कताले संक्रमिण नपाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद कोइरालाले बताए। संक्रमितको संख्या शुन्य रहेकोले त्यहाँ विद्यालयहरुमा पठनपाठन सूचारु रहेको छ। मास्क र स्यानिटाइजरको प्रयोगलाई भने अनिवार्य गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्