उपत्यकाका तीन जिल्लामा थपिए करिब दुई हजार कोरोना संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ९ सय ६६ कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना संक्रमित थपिएका छन्। पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ५२४ जना कोरोना संक्रमित थपिएका थिए।
प्रतिक्रिया दिनुहोस्