भरतपुर महानगरपलिकामा अक्सिजनसहितको क्‍वारेनटाइनको व्यवस्था गरिदै काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि चितवनको भरतपुर महानगरपालिकामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले कोरोना नियन्त्रण गर्न मास्क, स्यानिटाइजर र भौतिक दुरीलाई अनिवार्य गरिएको बताए। "सबै विद्यालय र कलेजहरुको पठनपाठन अर्को सूचना नआएसम्मका लागि बन्द गरिएका छ। वडाहरुमा अक्सिजनसहितको क्‍वारेनटाइनको व्यवस्था गरिएको छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्