नरेन्द्र मोदीको काकी नर्मदाबेन मोदीको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काकी नर्मदाबेन मोदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
८० वर्र्षीया नर्मदाबेन मोदीको सिविल अस्पतालमा कोरोनाको उपचारका क्रममा मृत्यु भएको हो। उनी आफ्नै सन्तानसँग अहमदाबादस्थित न्यू रानीप भन्ने क्षेत्रमा बस्दै आएका थिए। प्रधानमन्त्री मोदीका कान्छो भाइ प्रल्हाद मोदीले पुष्टि गर्दै भनेका छन्, ‘कोरोनाले गर्दा अवस्था झनै बिग्रिएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो।’
प्रतिक्रिया दिनुहोस्