नेपालसँग सीमा जोडिएको बिहारमा लकडाउनको तयारी
काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा आजदेखि लकडाउनको तयारी भएको छ। दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मुख्यमन्त्री नितीशकुमारले लकडाउनबारे निर्णय लिने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबारमात्रै मुख्यमन्त्री नितिशकुमारले उपमुख्यमन्त्री, ३८ जिल्लाका अधिकारीहरु र राज्यका सरकारी अधिकारीहरुसँग कोरोनाको अवस्थाबारे ५ घन्टा लामो छलफल गरेका थिए। यो बैठकमा जिल्लाका अधिकारीहरुले कोरोना संक्रमणको अवस्थाबारे जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्