नारायणी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
पर्सा। वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ। कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ का ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ की ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्