अस्पतालमा बेड नपाउँदा कोरोना संक्रमितको मृत्यू बुटवल। अस्पतालको बेड नपाउँदा पश्चिम नवलपरासीमा एक कोरोना संक्रमितको ज्यान गएको छ। ३५ वर्षीय संक्रमित युवकलाई श्वाप्रस्वासमा समस्या भएपछि पृथ्वीचन्द्र अस्पतालमा राखेर उपचार सुरु गरेपनि आईसीयूको आवश्यकता परेको थियो। तर, जिल्लामा आईसीयू नहुँदा थप उपचारका लागि उनलाई भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना अस्पतालमा भर्ना गर्न लैजादा बेड नै नपाएपछि मंगलबार उनको मृत्यू भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्