ध्यान दिनुहोस् निषेधाज्ञा उल्लंघन गरे जेल जानुपर्ला !
काडमाडौं। निषेधाज्ञा उल्लंघन गरे तीन पक्षमा कारबाही हुनेछ। सङक्रामक रोग ऐन २०२० अनुसार आदेश अवहेलनामा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। यस्तै अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याए ६ महिना कैद र ६०० रुपैयाँ जरिवाना हुनसक्छ। त्यस्तै स्थानिय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैदको सजाय गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्