नेपाल आउने भारतीय र चिनियाँ नागरिकले अनिवार्य १० दिन होटल क्‍वारेनटाइनमा बस्नु पर्ने काठमाडौं। स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ र भारतीय नागरिकले कोरोना रिपोर्ट नेगेटिभ देखाए पनि अनिवार्य १० दिन होटल क्‍वारेनटाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ। सीमानाकामा स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ रिपोर्ट नदेखाए उनीहरुलाई प्रवेश दिइने छैन। नेपाल प्रवेश गरेपछि १० दिन क्‍वारेनटाइनमा बस्न होटल बुक गरेको प्रमाणसमेत पेश गर्नु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्