कोरोनाको नयाँ भेरियन्टलाई कोभिसिल्ड र कोभ्याक्सिन प्रभावकारी एजेन्सी। भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी हुने अध्ययनले देखाएको छ। भ्याक्सिन लगाए पनि सामान्य लक्षण देखिने, तर त्यसले गम्भीर विरामी नपार्ने पनि अध्ययनले पुष्टि गरेको छ। भारतमा अहिलेसम्म २८ करोडभन्दा बढीको संक्रमण परीक्षण गरिसकिएको छ। संक्रमण दर ६.२८ प्रतिशत रहेको सरकारले बताएको छ। भारतमा ८२ प्रतिशत विरामीले कोरोना जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्