संक्रमितलाई सहयोग चाहियो ? यो नम्बरमा फोन गर्नुस् काठमाडौं। कोरोना संक्रमितलाई सहयोग आवश्यक परेमा फोन गर्न स्वास्थ्य मन्त्रालयले भनेको छ। मन्त्रालयले २ वटा हटलाइन नम्बर ११३३ र १११५ दिएको छ। यस्तै मोबाइल नम्बर ९८५१२५५८३९ दिएको छ। आवश्यक परेको जुनसुकै समयमा फोन गर्न सकिने मन्त्रालयले जनाएको छ। यो सुविधा काठमाडौं उपत्यकाका लागि हो। फोन गरेर समस्या सुनाएपछि उनीहरुलाई उपचारको लागि अस्पतालमा पठाउने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्