पछिल्लो चौबीस घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु काठमाडौं। पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना भाइरस संक्रमणबाट नेपालभित्र मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ। नेपालमा हालसम्म ३ लाख १२ हजार ६९९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ८९.३ प्रतिशत निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्