कोरोना नियन्त्रण सचेतनामूलक कार्यक्रमबाट साढे ६६ हजारभन्दा बढी लाभान्वित
काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४९१ वटा सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७४७ जना लाभान्वित भएका छन्। कोभिड-१९ को संक्रमण रोक्न नेपाल प्रहरीले 'तपाईंको मास्क खै ?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।
प्रतिक्रिया दिनुहोस्