कोरोनासँग जुध्न भारतलाई चौतर्फी सहयोग एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्