जाजरकोटमा बैशाख १८ देखि निषेधाज्ञा हुँदै
जाजरकोट। जाजरकोटमा बैशाख १८ गते रातको १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय सेवा, सवारीसाधन, पसल तथा व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्