नेपालमा कोरोनाको संक्रमणदर २२८ प्रतिशतले वृद्धि
काठमाडौं। नेपालमा कोरोना संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका संक्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमितको संख्या उच्च रहेको बताइन्। उनका अनुसार यसहप्ता नेपालको संक्रमणदर भारतको जस्तै रहेको छ।
प्रतिक्रिया दिनुहोस्