भारतमा तीन घण्टामा ८० लाख नाम दर्ता, खोप अभाव एजेन्सी। भारतमा मे १ देखि वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि तीन घण्टामा ८० लाखभन्दा बढीले नाम दर्ता गराएका छन्। १८ वर्षदेखि माथि उमेरसमूहलाई सरकारले खोप लगाउन अनुरोध गरेपछि बुधबार साँझ ७ बजेसम्म उक्त संख्यामा नाम दर्ता गरिएको हो। त्यहाँ खोप अभियान सुरु गर्न कठिनाइ पर्न सक्ने सरकारले बताएको छ। संक्रमण अनियन्त्रित बन्दै गएपछि भारतमा खोपको अभाव हुने अवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्