१७ देशमा कोरोनाको ‘भारतीय स्ट्रेन’ एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको नयाँ भारतीय स्टे«न संसारका कम्तीमा १७ देशमा देखापरेको बताएको छ। एक सातामा ५७ लाख मानिस नयाँ स्ट्रेनको सिकार भएको पनि डब्ल्यूएचओले बताएको छ। डब्ल्यूएचओले कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोको फैलने क्रम निकै तीव्र रहेको पनि उल्लेख गरेको छ। भारतीय स्ट्रेन अधिक संक्रामक रहेकोले सचेत रहन र सावधानी अपनाउन डब्ल्यूएचओले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्