दराजका फ्रन्टलाइन कर्मचारीले लगाए कोभिडविरुद्धको खोप काठमाडौं। दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना सबै फ्रन्टलाइन कर्मचारीलाई कोभिड-१९ खोप लगाउन सुरु गरेको छ। अलिबाबा समूहको स्वामित्व रहेको दराजले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गरेको हो। दराजले नेपालका ६०० कर्मचारीमध्ये डेलिभरी गर्ने कर्मचारीलाई खोप लगाउने बताएको छ। कम्पनीले गत २ हप्ताको अवधिमा विभिन्न सहरबाट कर्मचारीलाई काठमाडौं ल्याएर खोप लगाइ फिर्ता पठाइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्