पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु
काठमाडौं। बितेको चौबीस घण्टामा कोरोना संक्रमणको कारण देशभर ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोरोना संक्रमणका कारण देशभित्र मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ। पछिल्ला दिन संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको सख्या पनि बढेको छ। मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ३ लाख १७ हजार ५३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्