मास्क नलगाई हिँड्ने ५८ हजारभन्दा बढीलाई होल्डिङ जोनमा राखियो काठमाडौं। नेपाल प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाइबुझाइ छाडेको छ। कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम गर्ने अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउनेलाई होल्डिङ जोनमा राखेको हो। पछिल्लो चौबीस घण्टामा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवानासमेत गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्