प्रहरीले बाँड्यो साढे २५ हजारभन्दा बढीलाई नि:शुल्क मास्क काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले 'संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔं' भन्ने नारासहित 'तपाईंको मास्क खै?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम आज पनि सञ्चालन गरेको छ। उक्त अभियानअन्तर्गत प्रहरीले पछिल्लो चौबीस घण्टामा २५ हजार ८८४ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्