अमेरिका भन्छ– कोभ्याक्सिन कोरोनाको ६१७ भेरियन्टमा प्रभावकारी छ एजेन्सी। भारतको बायोटेकले बनाएको कोभ्याक्सिन एकदुई होइन, कोरोनाका ६१७ भेरियन्टमा प्रभावकारी रहेको अमेरिकाले बताएको छ। यो भ्याक्सिनमाथि सुरुमा भारतमै प्रश्न उठेको थियो। अमेरिकाका वरिष्ठ महामारीविज्ञ डा.एन्थोनी फाउचीले भने, ‘‘कोभ्याक्सिनले कोरोनाका ६१७ भेरियन्ट ठीक पारेको आँकडाबाट पत्ता लागेको छ। अहिले भारतमा बढिरहेको संक्रमणलाई पनि यो भ्याक्सिन उपयोगी हुन सक्छ।’’ कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको परीक्षणमा देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्