पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगञ्ज–१६ की ४८ वर्षीय महिला, वीरगञ्ज–३ छपकैयाकी महिला र बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुष छन्। यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्