पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार काठमाडौं। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। कोरोना संक्रमण भइ नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो। नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाकाअनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्