भरतपुर अस्पतालको अवस्था भयावह काठमाडौं। चितवनको भरतपुर अस्पताल कोरोना संक्रमणका बिरामीले भरिएको छ। पछिल्लो १२ घण्टामा थप २५ जना बिरामी भर्ना गरिएको थियो। अबको ४८ घण्टा यस्तै अवस्था रहेको खण्डमा गर्भवती डेलिभरी सेवा, आईसीयू, एनआईसीयू, अप्रेशन थिएटर, पोष्टअप र डायलासिस बाहेकको सेवा दिन नसकिने अस्पतालको डा. भोजराज अधिकारीले बताए। भर्ना भएका सबै बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको भन्दै त्यसको अभाव भइरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्