भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु काठमाडौं। चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन्। अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए। यस्तै देवचुलीका पुरुष बाटोमा हिँड्दा लडी घाइते भएर वैशाख १२ गते अस्पताल भर्ना भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्