नयाँ दिल्ली : शिख धार्मिक स्थलमा निःशुल्क अक्सिजन
अल जजिरा। अक्सिजन अभावले भारतमा कोरोनाभाइरस महामारीको दोस्रो तरङ्गलाई भयानक बनाइरहँदा नयाँ दिल्लीका दुई शिख गुरुद्वाराहरूले बिरामीहरूलाई निःशुक्ल अक्सिजन उपलब्ध गराएको छ। ग्रेटर कैलाश क्षेत्रमा गुरुद्वाराले आफ्नै खर्चमा अक्सिजन निःशुल्क भर्ने सुविधा दिएको छ भने गाजियाबादमा ८० जनाले एकैपटक अक्सिजन लिन सक्ने व्यवस्था मिलाइएको छ। यससँगै भारतका विभिन्न स्थानमा गुरुद्वाराहरूले बिरामीहरूलाई निःशुल्क खाना पनि दिइरहेको छ।
प्रतिक्रिया दिनुहोस्