कोरोनाबाट थप ३३ जनाको मृत्यु्
काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालभित्र कोरोना संक्रमणले मृत्यु हुनेको संख्या तीन हजार २७९ पुगेको छ। नेपालमा हालसम्म तीन लाख २३ हजार १८७ जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई लाख ८१ हजार ९५ जना निको भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्