होम आइसोलेसनमा बस्दा के-के कुरामा ध्यान दिने?
काठमाडौं। होम आइसोलेसनमा बस्दा भिटामिन सीलगायत पौष्टिक खाना खाने, धेरै नसुत्ने, व्यायाम गर्ने, ३-४ पटक तातोपानीको बाफ लिने, तापक्रम र अक्सिजनको स्तर नापिराख्ने चिकित्सकहरुले बताएका छन्। त्यस्तै आफू बसेको कोठाको ढोका प्राय बन्द राख्ने, खाना दिन आउने आफन्तलाई नछुने, खाना खाइसकेपछि भाँडा आफै माझ्ने, प्रयोग गरिएको मास्क प्लाष्टिकमा राख्ने र १४ दिनपछि मात्र परिवारका सदस्यलाई भेट्ने चिकित्सकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्