भारतको कुम्भ मेलाबाट फर्किएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण
काठमाडौं। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर फर्किएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। कुम्भ मेलामा एक लाखभन्दा बढी नेपालीहरू सहभागी भएका थिए। मेलाबाट फर्केका मध्ये ७५ प्रतिशतभन्दा बढीलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतमा पनि कुम्भ मेलापछि संक्रमण अन्यत्र फैलिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्