मदनकृष्ण अस्पतालबाट डिस्चार्ज, भने– हावा रहेछ जिन्दगी काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि ९ दिनअघि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट डिस्चार्ज भएका मदनकृष्णले जीन्दगी हावा रहेको बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै भने,– ‘महासंकटको समय सबैले सबैको हित सोचौं। केही रहेनछ जीन्दगी, शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोरी दिउँ जस्तो हुन्थ्यो, तर हावा रहेछ जिन्दगी।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्