कोरोनाबाट कैलालीमा दुई महिलाको मृत्यु कैलाली। कैलालीमा दुईजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति र लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्