कोरोनाबाट कञ्चनपुरका तीन संक्रमितको मृत्यु
कञ्चनपुर। कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो। महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिकाका ५२ वर्षीय पुरुष र सोही नगरपालिकाकी ४८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्