खोप आयातमा सामेल हुने निजी क्षेत्रको चाहना काठमाडौं। नेपाल उद्योग परिसंघले खोप आयात अभियानमा सामेल हुने चाहना देखाएको छ। परिसंघले आज एक विज्ञप्ती जारी गर्दै खोप आयात कार्यमा सहभागी हुन चाहेको बताएको हो। यसैगरी नेपालमा अन्य देशका खोपले पनि अनुमति दिनुपर्ने र उद्योगका कर्मचारी र यातायात क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्राथमिकताका साथ खोप लगाउनुपर्ने परिसंघको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्