राजधानीमा भोलिदेखि एक हजार बेडसहित उपचारको व्यवस्था गर्छौं : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले राजधानीमा भोलिदेखि एक हजार बेडसहित उपचारको व्यवस्था गर्ने अघि साँझ भिडियो अपिलमा बताएका छन्। उनले कोरोनाको दोस्रो लहर धेरै खतरनाक भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरे। महामारी रोकथाम गर्नबाट सरकार भागेको नभई तयारी गरिरहेको उनले स्पष्ट पारे। व्यवस्थापनमा केही त्रुटि भएकोमा आफू नैतिक रूपमा जिम्मेवारी लिएको समेत उनले प्रस्ट्याए।
प्रतिक्रिया दिनुहोस्