लकडाउनबीच भारतको तामिल नाडुमा माछा मार्ने मेला द हिन्दु। भारतको तामिल नाडुस्थित मदुराईनजिकका गागउँमा परम्परागत माछा मार्ने मेला आयोजना गरिएको छ। कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउनका बाबजुद राज्यको शिवगंगा जिल्लाको गाउँहरूमा सयौँको सङ्ख्यामा मानिसहरू जम्मा भएका थिए। अधिकारीहरूले भने यस मेलालाई र यसपछि लाग्ने माछाबजारलाई निषेध गरेको बताएका छन्। तापनि गाउँका मानिसहरू भने यस परम्परागत मेलामा सहभागी भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्