भारतमा खोप अभावको बीच बिल गेट्सले भने– कोभिड खोपको फर्मुला भारतलाई दिनुहुँदैन
इन्डिया टुडे। भारतमा कोभिडको दोस्रो महामारीबीच भ्याक्सिन अभाव भइरहँदा बिल गेट्सले कोभिड खोपको प्रविधि भारतजस्ता देशलाई दिन नहुने जनाएका छन्। अमेरिकाजस्तो ‘विज्ञता’ र ‘प्रविधि’ अन्यसँग नहुने र संसारभर सीमित खोप उत्पादक भएको कारण दिँदै उनले ‘भारत’मा उत्पादन नहुने जनाए। स्काइ न्युजको उक्त अन्तर्वार्तापछि विश्वभर गेट्सको आलोचना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्