रुसी भ्याक्सिन स्पुतनिक–भी ६० देशमा स्वीकृत
एजेन्सी। रुसमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनले संसारका ६० देशमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाएको छ। रुसले यो भ्याक्सिन बनाउँदा अधिकांश देशले यसप्रति विश्वास गरेका थिएनन्। भारतले मे १ तारिखमा स्पुतनिक–भीको पहिलो खोप पाउने भएको छ। यो खोपलाई स्वीकृति दिनेमा नेपाललगायत टर्की, चिली, अर्जेन्टिना, यूएई, इरान, मेक्सिको, पाकिस्तान, म्यानमार, श्रीलंका, बंगलादेश, भियतनामलगायत छन्।
प्रतिक्रिया दिनुहोस्