कोरोनाबाट विश्वमा २४ घन्टामा १२ हजार ५ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १२ हजार ५४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ६८८ जना छन् भने ब्राजिलमा २ हजार २७८ जना छन्। अमेरिकामा ६६१, टर्कीमा ३७३, रुसमा ३९२, कोलम्बियामा ४९५, पोल्यान्डमा ४२३, इरानमा ३३२, मेक्सिकोमा ४६०, युक्रेनमा ३५१, अर्जेन्टिामा २३१, इटालीमा २२६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्