धनगढी सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव धनगढी। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटरको चरम अभाव देखिएको छ। उपचार नपाएर पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढीको मृत्यु भएको छ। अन्य रोगका बिरामीको उपचार ओझेलमा परेका छन्। आईसीयूमा राख्नुपर्ने बिरामीलाई वेड नपाएर अक्सिजन सहायतामै राख्नुपर्दा आफन्तहरू कुन बेला आईसीयू खाली होला र त्यहाँ सारौला भन्ने प्रतिक्षामा हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्