गंगालाल अस्पतालमा दैनिक १३० अक्सिजन सिलिन्डर उत्पादन सुरु काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजदेखि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले दैनिक १३० अक्सिजन सिलिण्डर उत्पादन गर्न थालेको बताएका छन्। कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट अक्सिजन सिलिण्डर उत्पादन सुरु गरिएको हो। कोरोनाको संक्रमण बड्दै गएमा थप आइसोलेसन र अस्पतालको व्यवस्था गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्