बिर्तामोड नगरपालिकामा आज राति १२ बजेदेखि निषेधाज्ञा काठमाडौं। बिर्तामोड नगरपालिकामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ। कोरोनाको दोस्रो लहर सुरु भएसँगै नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले बताए। नगरपालिकामा पछिल्लो एक सातामा करिव एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले ५ बेडको आइसोलेसन र ५० बेडको क्वारेनटाइनको व्यवस्था गरेको मेयर शिवाकोटिले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्